रामेछाप। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापमा १,३९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। कमिटीको संयोजक होमबहादुर बुढाथोकी रहेका छन् भने निर्वाचन परिचालन कमिटीका प्रवक्ता झम्क कँडेलले जानकारी दिएका छन्।

कमिटीमा पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका नेताहरू समावेश छन्। यसअघि संविधान सभा र प्रतिनिधि सभा सदस्यको रूपमा निर्वाचित भई कुशलतापूर्वक काम गरेका नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठ कुशलले रामेछापमा विजय प्राप्त गर्ने दाबी गरेका छन्।

advertisement

श्रेष्ठले भने, “पार्टीले उम्मेदवार बनाएको निर्णय मेरो निश्चित जितको आधारमा हो। चुनावमा पटक–पटक लडेको होइन, काम कस्तो भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ।”

उनी चुनाव जितेपछि दिगो विकास, सुशासन र देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध रहने प्रतिवद्धता जनाए। साथै, जेनजी आन्दोलनले उठाएका मागहरू संविधानमा समेट्न आफूले अगुवाइ गर्ने बताए।

श्रेष्ठले जिल्लामा भएका विकास निर्माणका काम आफूले नै अगुवाइ गरेको दाबी गर्दै, मुलुकको नेतृत्व गर्ने पालो अब नेकपाको भएको उल्लेख गरे। उनले चेतावनी दिंदै भने, “यदि नेपाली कम्युनिष्ट पार्टीले निर्वाचनमा बहुमत नल्याए, देश दुर्घटनाको अवस्थामा पुग्न सक्छ।”

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com