काठमाडौं। गुठी संस्थानले बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख भूपति बज्र लामालाई पदमुक्त गरेको छ। संस्थानले उनलाई विभिन्न अनियमितता र पदीय आचरणविपरीत काम गरेको आरोप लगाउँदै हटाएको हो।
यसअघि भूमि व्यवस्थामन्त्री डा. कुमार इङ्नामले भूपति बज्रले ५ करोड रुपैयाँ घुस दिएर चिनियाँ लामा नियुक्त भएको आरोप सार्वजनिक गरेका थिए। मन्त्री इङ्नामले उजुरी प्राप्त भएको भन्दै छानबिन गरी निर्णय गर्न गुठी संस्थानलाई निर्देशन दिएका थिए।
गुठी संस्थानको गत शुक्रबारको बैठकले भूपति बज्र लामालाई पदमुक्त गर्ने निर्णय गरेको हो। संस्थानले उनलाई गुठी जग्गाको संरक्षण नगरेको, गुम्बाको उचित व्यवस्थापन नगरेको, गुम्बामा नियमित रूपमा बस्न नसकेको र पदीय आचरण विपरीत काम गरेको आरोप लगाएको छ। पदमुक्त गर्ने निर्णय अघि उनलाई स्पष्टीकरण दिने अवसर पनि दिइएको थियो।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया