काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट आगामी एक वर्षभित्र बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन्।
‘सम्पत्ति शुद्धीकरण निवारण: पारदर्शिता र वित्तीय सुशासन’ मूल नारासहित आज आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा बोल्दै उनले आवश्यक सुधार कार्य तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय दबाबका कारण नभई आफ्नै संस्थालाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउन तथा अर्थतन्त्र बलियो बनाउने उद्देश्यका साथ सुधार प्रक्रिया अघि बढाइएको स्पष्ट पारे।
उनले सुधार प्रयासले अतिरिक्त आर्थिक दायित्व वा अनावश्यक लागत सिर्जना नगर्ने उल्लेख गर्दै, विदेशी लगानी नआउनुको कारण वित्तीय प्रणालीप्रतिको विश्वास कमजोर हुनु रहेको बताए। सुधारमार्फत लगानी वातावरण सुधार गर्न आवश्यक रहेको पनि उनले जनाए।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया