सोल। दक्षिण कोरियाको सियोल केन्द्रीय जिल्ला अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ। अदालतले उनलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको भए पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनको आरोपबाट मुक्त गरेको छ।

त्रिपन्न वर्षीय किम लामो समयदेखि विवादमा तानिँदै आएकी थिइन्। अदालतका अनुसार उनले व्यवसायी र राजनीतिज्ञबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका नगद र उपहार लिएकी थिइन्, जसमा धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहना पनि समावेश छन्।

advertisement

सजाय सुनुवाइका क्रममा कालो पोशाक, मास्क र चश्मा लगाएर अदालतमा उपस्थित किमले अन्तिम बयानमा आरोपहरू अन्यायपूर्ण भएको बताउँदै अस्वीकार गरेकी थिइन्। तर आफ्नो भूमिकाका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै माफी मागेकी थिइन्।

किममाथिका घोटालाहरूले पूर्वराष्ट्रपति युन सुक योलको राजनीतिक एजेन्डामा बारम्बार प्रभाव पारेको विश्लेषकहरूले उल्लेख गरेका छन्। सन् २०२३ मा सार्वजनिक ‘डायर ब्याग काण्ड’ ले महँगो ह्यान्डब्याग स्वीकार गरेको देखिएपछि देशव्यापी आलोचना जन्माएको थियो र सन् २०२४ को संसदीय चुनावमा युनको दलको हारमा भूमिका खेलेको ठहर गरिएको छ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com