काठमाडाैं । काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ जितौरी पोखरीमा बुधबार बिहान विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टका अनुसार, हिगुवापाटी–चन्देनी सडक खण्डमा बा १ ज ८६७२ नम्बरको नवप्रतिभा इङ्ग्लिस बोर्डिङ स्कुलको भ्यान दुर्घटनामा परेको हो।

advertisement

भ्यानमा ५ जना विद्यार्थी सवार थिए, जसको अवस्था सामान्य रहेको बताइएको छ। तर चालक २४ वर्षीया दिपिका ढकाल घाइते भएकी छन् र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी विष्टले जानकारी दिए।

डिएसपीका अनुसार, भ्यानको ब्रेक फेल भएपछि उक्त सवारी सडकबाट करिब ६ मिटर दायाँ तर्फ रहेको घरमा ठोक्किएको थियो।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com