तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान भएको स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–१६ निवासी २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो। दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ निवासी २७ वर्षीय पुरन मगर घाइते भएका छन्।
घाइते मगरको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरू पोखराबाट दमौलीतर्फ आउँदै गर्दा दुर्घटना भएको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया