चितवन। चितवनको भरतपुर महानगरपालिका–१४ स्थित राधापुर नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–१६ निवासी ४० वर्षीय विनोद सुवेदीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमै राखिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया