काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच छलफल भएको छ।
आज भएको छलफलमा निर्वाचन व्यवस्थापन, सुरक्षा तयारी र समन्वयका विषयमा केन्द्रित रही विचार–विमर्श गरिएको जनाइएको छ।
छलफलमा निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत तथा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत अधिकारीहरू सहभागी थिए।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया