काठमाडौं ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशका सबै क्षेत्रमा अन्धकार छाएको बताए। बिहीबार काठमाडौंमा भएको घरदैलो कार्यक्रममा उनले उज्यालो ल्याउन पार्टीलाई जिताउनुपर्नेमा जोड दिए।

घिसिङले भने, “अब बत्ति गएपछि सम्झिने नाम कुलमान भएको छ। देशभरको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन।” उनले जनताबाट सकारात्मक प्रतिक्रिया आएको र पार्टीलाई अत्यधिक मतले जिताउने विश्वास व्यक्त गरे।

advertisement

पार्टी अध्यक्ष घिसिङले देशको नेतृत्व सही व्यक्तिले गर्दा मात्र उज्यालो हुने भन्दै आफू नेतृत्व गर्न तयार रहेको पनि बताए।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com