गुल्मी। गुल्मी जिल्लाको इश्मा गाउँपालिकामा अत्यन्तै दुःखद र निन्दनीय घटना घटेको छ। एक बाबुले आफ्नै तीन महिनाका नाबालक छोराको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इश्मा गाउँपालिका–२ छल्दीटार निवासी ४६ वर्षीय सन्तबहादुर कुमाल ले आफ्ना तीन महिने छोरा सुवास कुमाल को हत्या गरेको अभियोग लागेको हो। उनलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका प्रारम्भिक अनुसन्धानअनुसार बुधबार राति सन्तबहादुर कुमाल मादक पदार्थ सेवनको अवस्थामा रहेको र सोही क्रममा उनले नाबालक छोरामाथि जघन्य अपराध गरेको पाइएको छ। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको टोली ले तत्कालै घटनास्थल पुगेर उनलाई पक्राउ गरेको हो।
हालसम्म उनले किन र के कारणले आफ्नै नाबालक छोरामाथि यस्तो अमानवीय कृत्य गरे भन्ने विषय खुल्न सकेको छैन। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षबारे गहिरो अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया