काठमाडौं । कार्यक्रमको आयोजना गरी शुक्रबार देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन त्याग गर्ने चार सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री—सहित अन्य सहिदहरूको सम्झनामा यो दिवस मनाइने गरिन्छ। राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन सरकारले उनीहरूलाई मृत्युदण्ड दिएको थियो।
ती सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना सम्भव भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका साथै विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदहरूको सम्मान र सम्झनामा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया