काठमाडौं ।  बारबर्दिया नगरपालिकास्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बारबर्दिया–७ स्थित जनता माध्यमिक विद्यालय रम्भापुरको चार कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरण गर्ने बहानामा सेवाग्राहीबाट रकम लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।

अख्तियार प्रवक्ता सुरेश न्यौपानेले भने, “आयोगको बुटवल–नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले मल्ललाई रकमसहित बिहीबार नियन्त्रणमा लिएको छ र अनुसन्धान जारी छ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com