काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस चितवनको नारायणघाट–मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्।

लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान करिब ३:१० बजे भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने क्षेत्रमा अनियन्त्रित भई सडकमा पल्टिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

advertisement

ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर अनील थापाका अनुसार बस आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका मध्ये २ जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ।

घाइतेमध्ये १५ जनाको मौलाकालिका अस्पतालमा, १७ जनाको पुरानो मेडिकल कलेजमा, ५ जनाको नयाँ मेडिकल कलेजमा तथा बाँकी केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाई अस्थायी प्रहरी चौकीमा लगिएको र हाल उक्त सडक खण्डमा सवारी आवागमन सामान्य रहेको इन्स्पेक्टर थापाले जानकारी दिए।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com