काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई देशको राष्ट्रिय अस्तित्व जोगाउने निर्णायक अवसरका रूपमा व्याख्या गरेका छन्।

साँफेबगरमा शिक्षकहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अछाम क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका रावलले यस्तो बताएका हुन् ।

advertisement

‘ संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन जति महत्वपूर्ण थियो, अहिलेको निर्वाचन पनि उति नै महत्वपूर्ण छ’, उनले भने, ‘हामी आफ्नै निर्णय आफैंले गर्न सक्ने अवस्थामा हुनुपर्छ। देशलाई बलियो बनाउने जिम्मा हामी आफैंको हो ।’

उनले नेपाली संस्कृति कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै नदी, नाला र प्राकृतिक स्रोतसाधन कब्जा गरिँदै युवालाई विदेश पठाउने प्रवृत्तिले देश दीर्घकालीन संकटतर्फ धकेलिएको बताए। ‘नेपालीहरू धनी भएर पनि कंगाल हुने ठाउँमा पुगेका छन्,’ रावलले भने ।

अन्तरक्रियामा रावलले विभिन्न अन्तर्राष्ट्रिय संस्था र एजेन्डाको नाममा देशको दिशामाथि असर पार्ने गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। ‘कहिले बार्बरा फाउन्डेशन, कहिले फ्री तिब्बतीयनजस्ता कुरा सुनिन्छन्। देश यसरी सही बाटोमा गएको छैन,’ उनले भने।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com