काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको ग्रामीण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्म नभएको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले रास्वपाको जन्म भएको शहरी क्षेत्रमा मात्र प्रतिस्पर्धा देखिने र ग्रामीण क्षेत्रमा त्यस्तो प्रभाव चुनाव जित्ने तहसम्म नरहेको स्पष्ट पारे।

advertisement

पोखरेलले भने,

“काठमाडौंमा रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण छ। जहाँबाट रास्वपाको जन्म भयो त्यहाँबाट प्रतिस्पर्धामा छैन भन्ने देखिन्छ। ग्रामीण क्षेत्रमा प्रभाव बढेको भए पनि त्यो चुनाव जित्ने तहसम्मको होइन। हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ।”

त्यस्तै, उनले झापा–५ मा आफ्नो पार्टी सुरक्षित रहेको भन्दै सामाजिक सञ्जालमा लोकप्रिय बनाइएका बालेन शाहको उपस्थितिलाई निर्णायक नभएको बताए।

“अहिले सामाजिक सञ्जालमा लोकप्रिय बनाइएका बालेन शाह देश दौडानमा हिँड्दा र युवाहरूको भिड देख्दा लहरै त्यतै हो कि भनेर चर्चा भइरहेको छ। डेढ लाख मतदाता भएको ठाउँमा ४–५ हजार जना मात्रै आएर जम्मा हुँदा भिड देखिन्छ। त्यो भिड नै निर्णायक हो भनेर विश्लेषण गर्ने हो भने चुनाव नै हुँदैन। पहिलो पटक चर्चामा आउँदा हेर्न गएको कुरा दोस्रो पटक त्यही हुन्छ कि हुँदैन? बालेन दोस्रो पटक जाँदा त्यही भिड हुन्छ कि हुँदैन त?”

पोखरेलले अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको भन्दै भविष्यमा त्यसलाई निरन्तरता दिन जेलेन्स्की जन्माउने योजनासहित अभियान सुरु भएको आरोपसमेत लगाए।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com