काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन्।

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले शाहलाई यस्तो चुनौती दिएका हुन्। थेबेको प्रश्न यस्तो थियो:

advertisement

“हुनेवाला प्रधानमन्त्री, लिपुलेक, लिम्पियाधुराबारे तपाईंको स्टेटमेन्ट के हो?”

थेबेले नयाँ राजनीतिक दलहरूसँग ठोस नीति, दृष्टिकोण र एजेन्डा नभएको आरोप पनि लगाउँदै बहसका लागि शाहलाई चुनौती दिएका थिए।

उहाँले एमालेले देशभर विद्युत विस्तार गरेको र लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका विषयमा पार्टीको अडान स्पष्ट रहेको बताए। उनले भने,

“नयाँ दलहरूसँग केही एजेन्डा छैन। एजेन्डा भए आमसञ्चारमाध्यमले बहसका लागि बोलाउँदा किन आएनन्? हिजो राणाकालमा ६ प्रतिशतले मात्र बिजुली पाएका थिए। हामीले ९८ प्रतिशत नागरिकलाई विद्युतको पहुँचमा पुर्याएका छौँ। सबै सार्वजनिक विद्यालयमा आइटीको विकास गरेका छौँ। भ्रष्टाचारमा शून्य सहनशीलताका साथ अगाडि बढेका छौँ। हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेका छौँ। अब हुनेवाला प्रधानमन्त्रीज्यू, तपाईंको स्टेटमेन्ट के हो?”

अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेन्डासहित पार्टी जनतासम्म पुग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com