काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर घुमन्ते उम्मेदवार परिचालन गरेको आरोप लगाएका छन्।

शुक्रबार नेकपा एमाले युवा सङ्घको पहिलो बैठकमा बोल्दै बस्नेतले भने,

advertisement

“अहिले फेरि केपी ओलीलाई सदनमा आउन नदिने उद्देश्यले काठमाडौँका मेयर बालेन शाह झापा जाँदैछन्। आफू जन्मेको र मतदाता भएको ठाउँमा चुनाव लड्नु पर्ने हो। अहिले देशभर घुमन्ते उम्मेदवार जाने चलन रास्वपाले सुरु गरेको छ। घुमन्ते उम्मेदवारहरूलाई घुमाइदिनुस्, विकास देखाइदिनुस्, समृद्धि देखाइदिनुस्, र भोट नेकपा एमालेलाई हाल्नुस्।”

बस्नेतले यसपालिको निर्वाचनमा घुमन्ते उम्मेदवारको विरोध गर्दै रैथाने उम्मेदवारलाई समर्थन गर्न एमाले कार्यकर्तालाई आग्रह गरे। यो टिप्पणी झापा–५ मा रास्वपा नेता बालेन शाहको उम्मेदवारीसँग सम्बन्धित छ।

उहाँले जेनजी आन्दोलनको घटनामा पनि बालेन शाह र रवि लामिछाने जिम्मेवार रहेको दाबी गरे। बस्नेतले भने,

“जेलबाट भागेका रवि लामिछाने र अन्य कैदीको घटनामा १२ जनाको मृत्यु भयो। यसको जिम्मा रवि लामिछाने र बालेन शाहले लिनुपर्छ। हिंसात्मक बाटो रोज्ने वा विकास र समृद्धिको बाटो रोज्ने निर्णय अब नेपालका युवाहरूको काँधमा छ।”

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com