काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान अवस्थामा मुलुकलाई सम्हाल्ने शक्ति आवश्यक रहेको र त्यो जिम्मेवारी कांग्रेसले नै पूरा गर्ने दाबी गरेका छन्।

धनुषामा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले ध्वंश र उत्तेजनाभन्दा देशलाई स्थायित्व र सुधारतर्फ लैजाने शक्ति आजको आवश्यकता भएको बताए।

advertisement

‘अहिले मुलुकलाई सच्याउने र सुधार गर्ने शक्ति चाहिएको छ,’ उनले भने, ‘कांग्रेसले देशलाई सम्हाल्छ र व्यवस्थालाई सुधार्छ। कांग्रेस आफू बदलिएर आएको छ, अब देशको अवस्था पनि बदल्छ।’

उनले पार्टीका कार्यकर्ताहरूलाई अन्य उम्मेदवार तथा दलप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै सकारात्मक ऊर्जा बोकेर जनतामाझ जानुपर्ने बताए।

‘हामी देश जोड्ने पार्टी हौँ, सम्हाल्ने पार्टी हौँ,’ उनले भने, ‘कांग्रेस ध्वंश गर्ने वा उत्तेजना फैलाउने पार्टी होइन। कांग्रेस भनेको सम्हाल्ने शक्ति हो।’

सभापति थापाले आगामी निर्वाचनमा कांग्रेसले एकैपटक दुईवटा जिम्मेवारी पूरा गर्ने स्पष्ट पारे।
‘यसपटक कांग्रेसले देशलाई सम्हाल्छ र व्यवस्थालाई सुधार्छ,’ उनले भने।

पार्टीभित्र गुटबन्दी नरहेको दाबी गर्दै उनले आगामी दिनमा उम्मेदवार छनोट प्रक्रिया नै परिवर्तन गरिने जानकारी पनि दिए।
‘हामी फरक सोच र फरक शैली लिएर आएका छौँ। पार्टीभित्र कुनै गुट छैन,’ उनले भने, ‘अब उम्मेदवार छनोट गर्ने प्रक्रिया नै बदल्छौँ।’

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com