सिराहा । सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ।
शुक्रबार दिउँसो करिब साढे ३ बजे सिराहा नगरपालिका–७ स्थित आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको हो।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार अज्ञात व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ। हाल गोली प्रहार गर्ने व्यक्तिको पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया