काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापा काठमाडौँ फर्किएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पाँच दिनसम्म नेता, कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनी आज काठमाडौँ फर्किएका हुन् ।
१२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए ।
पार्टीले भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेका सभापति थापालाई सर्लाही आगमनका क्रममा पार्टी नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
पाँच दिनको बसाइमा उनी पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या र अपेक्षा सुन्ने काममा केन्द्रित थिए ।
पार्टी कार्यकर्तासँगको भेटघाटमा सभापति थापाले सर्लाही-४ को विकास र समृद्धिका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
उनले जनतासँग निरन्तर सम्पर्कमा रहन र गुनासो तथा मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सर्लाही र काठमाडौँ दुवै स्थानमा सम्पर्क कार्यालय खोल्ने घोषणा समेत गरेका छन् ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया