काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति करिब १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किँदा दुर्घटना भएको हो।

advertisement

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल मेची आम्दा अस्पताल, धुलाबारी लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले राति १० बजेर ५५ मिनेटमा उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल पनि घाइते भएका छन्। उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ।

प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com