काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्ला जिल्लामा नौ राजनीतिक दलका उम्मेदवार र एक स्वतन्त्र उम्मेदवार गरी कुल १० जना चुनावी मैदानमा छन्।

सदरमुकाम खलंगा बजारमा शुक्रबार आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा राजनीतिक दल र उम्मेदवारहरू सहमत भएका हुन्।

सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकाय तथा राजनीतिक दललाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरे।

जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार विशेषगरी राजनीतिक दलहरूलाई आचारसंहिता पालनामा गम्भीर हुन अनुरोध गरिएको छ। त्यस्तै, प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै निकायको सक्रिय सहयोग आवश्यक रहेको बताए।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com