काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस नेतृत्वको कार्यकालमा नेपाली युवाहरूलाई विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ क्षेत्र नम्बर–४ मा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराइने र नेपालमै भविष्य खोज्न सक्ने वातावरण निर्माण गरिने बताएका हुन्।
उनले भने, नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन। हामी नेपालमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्छौँ।
थापाले काठमाडौँका फुटपाथमा श्रम गरेर जीविकोपार्जन गरिरहेका नागरिकहरूको अधिकार सुरक्षित गरिने पनि स्पष्ट पारे। कसैको बाँच्ने आधार खोसिने अवस्था नआउने उल्लेख गर्दै उनले भने, काठमाडौँमा अब फुटपाथमा काम गरेर खाने श्रमिकहरूको गाँस खोसिँदैन ।
उनका अनुसार कांग्रेसको नीति रोजगारी सिर्जना, श्रमिक संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढ्नेछ।
प्रकाशित मिति: १७ माघ २०८२, शनिबार












प्रतिक्रिया