काठमाडाैं । गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो ।

हमास प्राधिकरण अन्तर्गतको मन्त्रालयका महाप्रबन्धक मुनीर अल–बर्शलाई उदृत गर्दै एएफपीले थप २० जना घाइते भएको तथा इजरायलले अपार्टमेन्ट र शिविरका नागरिकहरूलाई लक्षित गरि आक्रमणगरेको जनाएको छ । घाइतेहरू उपचारको लागि उत्तरमा गाजा सहर र दक्षिणमा खान युनिसको अस्पतालमा पुगेको बार्सले बताएको छ ।

advertisement

इजरायलले “चिकित्सा आपूर्ति, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको बीचमा युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन जारी राखेको बार्सले जनाएको छ ।

अक्टोबर देखि अमेरिकाले गरेको युद्धविराम जनवरीमा दोस्रो चरणमा पुगेको छ, जसमा हमासको निशस्त्रीकरण, क्रमिक इजरायली फिर्ती र अन्तर्राष्ट्रिय स्थिरीकरण बलको तैनाती समावेश छ । इजरायल र हमासले बारम्बार एक–अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

हमासद्वारा सञ्चालित गाजाको सरकारी प्रेस कार्यालयले शनिबारको आक्रमणमा एक विस्थापित परिवारका सात जनाको मृत्यु भएको बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर– १० मा युद्धविराम लागु भएदेखि ५०९ जनाको मृत्यु भएको छ ।

  • रासस

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com