काठमाडौं । गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ का ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन्।
आज दिउँसो घर नजिकैको बाटोमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए।
प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमै राखिएको छ।
प्रकाशित मिति: १७ माघ २०८२, शनिबार











प्रतिक्रिया