काठमाडौ । चैनपुर नगरपालिका–१० इखम्बुमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ।
खुकुरी प्रहारबाट ४७ वर्षीय लिला प्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए।
शनिबार दिउँसो करिब पौने ४ बजे स्थानीय छिमेकी ५९ वर्षीय शिवकुमार राईले खुकुरी प्रहार गर्दा लिला प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। गाईवस्तुले घाँस खाएको विषयमा भएको विवाद चर्किएपछि शिवकुमारले लिलाको छातीमा खुकुरी प्रहार गरेको बताइएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा पुगेको टोलीले खुकुरी प्रहार गर्ने शिवकुमारलाई नियन्त्रणमा लिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७ माघ २०८२, शनिबार











प्रतिक्रिया