काठमाडौं  । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बन्नेतिर आफ्नो ध्यान नरहेको बताएका छन् ।

सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डलाई सञ्चारकर्मीहरुले ‘फेरि प्रधानमन्त्री भएरै छाड्ने ?’ भनी जिज्ञासा राखेका थिए । सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिँदै प्रचण्डले भने, ‘त्यतातिर मेरो ध्यान छैन।’

advertisement

प्रचण्डले सबै पार्टीलाई एक ठाउँमा नल्याएसम्म पार्टी एकता जारी रहने बताए । विचार मिल्ने सबैसँग नेकपाले एकता गर्ने पनि उनले बताए । प्रचण्डले भने, ‘सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ। विचार मिल्ने जति सबै पार्टीसँग हामी एकता गर्छौँ।’

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com