काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत प्रतिवादी रहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले साक्ष्य संकलनको चरण अघि बढाउने आदेश दिएको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा आइतबार अदालतबाट सो निर्देशन जारी भएको हो।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइपछि साक्षी बुझ्ने प्रक्रिया प्रारम्भ गर्न आदेश दिइएको अदालत स्रोतले जनाएको छ।

advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले मुद्दामा प्रतिवादीहरूमाथि सरकारी सम्पत्तिको दुरुपयोग तथा अनियमितता भएको दाबी गरेको छ।

आयोगले माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरेको छ। अदालतको पछिल्लो आदेशसँगै मुद्दा अब प्रमाण र साक्ष्य परीक्षणको चरणमा प्रवेश गरेको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com