काठमाडौं । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार रहेका नेता शिशिर खनालले मतदाताहरूलाई कुनै एउटा बललाई स्पष्ट बहुमत दिन आग्रह गरेका छन् । पार्टीको घोषणापत्र कार्यान्वयन गर्नका लागि कुनै एक दललाई स्पष्ट बहुमत दिनुपर्ने उनको धारणा छ ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले स्पष्ट बहुमतका साथ सरकारमा रहेको दलले मात्र घोषणापत्रका प्रतिबद्धता पूरा गर्न सक्ने बताए । गठबन्धन सरकार बनाउँदा साथ दिने दलका माग समेत पूरा गर्नुपर्ने हुँदा घोषणापत्र लागू गर्न नसकिने उनको संकेत थियो ।
‘अघिल्लो संसदमा जस्तो भयो भने घोषणापत्र कार्यान्वयन गर्न सकिँदैन । ५-६ वटा दलहरूले मिलेर सरकार बनायो भने कार्यान्वयन हुन सक्दैनन् । मतदाताको दायित्व कम्तीमा पनि एउटा दललाई स्पष्ट बहुमत दिएर पठाइदिनुस्,’ उनले भने ।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया