काठमाडौं । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार रहेका नेता शिशिर खनालले मतदाताहरूलाई कुनै एउटा बललाई स्पष्ट बहुमत दिन आग्रह गरेका छन् । पार्टीको घोषणापत्र कार्यान्वयन गर्नका लागि कुनै एक दललाई स्पष्ट बहुमत दिनुपर्ने उनको धारणा छ ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले स्पष्ट बहुमतका साथ सरकारमा रहेको दलले मात्र घोषणापत्रका प्रतिबद्धता पूरा गर्न सक्ने बताए । गठबन्धन सरकार बनाउँदा साथ दिने दलका माग समेत पूरा गर्नुपर्ने हुँदा घोषणापत्र लागू गर्न नसकिने उनको संकेत थियो ।

advertisement

‘अघिल्लो संसदमा जस्तो भयो भने घोषणापत्र कार्यान्वयन गर्न सकिँदैन । ५-६ वटा दलहरूले मिलेर सरकार बनायो भने कार्यान्वयन हुन सक्दैनन् । मतदाताको दायित्व कम्तीमा पनि एउटा दललाई स्पष्ट बहुमत दिएर पठाइदिनुस्,’ उनले भने ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com