काठमाडौं।  सेयर बजार परिसूचक नेप्से आइतबार दोहोरो अंकले घटेको छ। कारोबारको अन्त्यमा नेप्से १९ दशमलव ८५ अंकले घट्दै २६९४ दशमलव २० विन्दुमा आएर रोकिएको हो।

आज कुल ३२९ वटा कम्पनीका २ करोड २० ला ख ६० हजार ४५४ कित्ता सेयर ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँ बराबरमा कारोबार भएको छ।

advertisement

कारोबार भएका समूहमध्ये ट्रेडिङ समूहबाहेक सबै क्षेत्रका सूचक ओरालो लागेका छन्। बजार समग्र रूपमा घटे पनि केही कम्पनीका सेयर मूल्यमा भने वृद्धि देखिएको छ।

आज मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ७० प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको सेयर मूल्य ८ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा आज अन्खु खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी ५५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि एसवाई प्यानलको ५३ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com