काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेन्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।

advertisement

पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक गर्नेगरी तयारी गरिएको हो ।

उनले पाँच वर्षमा महत्त्वपूर्ण पाँच क्षेत्रमा काम गर्नेगरी घोषणापत्र जारी हुने उल्लेख गरिन् । जसमा जेनजीका एजेन्डालाई समेट्ने र सुशासनको विषय मुख्य मुद्दा हुने उनको भनाइ छ ।

अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेन्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरू गर्ने र त्यसका लागि नीतिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखिन् ।

त्यस्तै उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताइन् ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com