काठमाडौं । मकवानपुरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बागलुङ घर भएका १९ वर्षीय विवेक घर्तीमगरलाई हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे क्षेत्रबाट आइतबार बिहान पक्राउ गरिएको हो।

प्रहरीका अनुसार घर्तीमगरको साथबाट करिब १ ग्राम ६ सय ८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

advertisement

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०९२८ नम्बरको विद्युतीय गाडी जाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको जनाएको  छ ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com