काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई इतिहासमा खलनायकको रूपमा मात्र नराख्न चाहेको बताएका छन्।

आइतबार साँझ जेनजी र राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने बताएका छन्। उनले भने,
“यदि म धेरै पहिले बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला। तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन। तपाईंहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईंहरूको स्वतन्त्रता र अधिकार हो। तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईंहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ। म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन।”

advertisement

साथै उनले चेतावनी दिएका छन् कि हरेक चम्किलो चीज हिरा हुँदैन। प्रचण्डले डिजिटल युगमा सामाजिक सञ्जालका भ्रमहरूले मानिसलाई बहकाउन सक्ने भएकाले कसैलाई सानो महसुस गराउन नदिनु भन्ने सन्देश दिएका छन्।

नवपुस्तालाई प्रश्न गर्न र जवाफ पाउन पनि उनले आग्रह गरेका छन्। प्रचण्डले भने, “म जवाफ दिन सधैं तयार छु।

 

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com