काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।

पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयअनुसार समिति गठन गरिएको हो। समितिको सदस्य–सचिवको जिम्मेवारी शङ्कर श्रेष्ठलाई दिइएको छ।

advertisement

पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोकेको छ भने केन्द्रीयस्तरमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com