काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना पनि घाइते हुनुहुँदैन भनेर दृढता व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले यो कुरा महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बताएकी हुन्। उनले भनिन्, “आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन।”

advertisement

सो अवसरमा १८ महिना लामो तालिम पूरा गरेर नेपाल प्रहरीको १८३औँ समूहका ९२ जना प्रहरी निरीक्षकहरू दीक्षित भएका छन्। उनीहरूमा ९ महिला र ८३ जना पुरुष रहेका छन्।

प्रधानमन्त्री कार्कीले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई सम्बोधन गर्दै थप भनिन्, “विगतका कमजोरीहरू नदोहोर्‍याउने र भविष्यमा प्रहरीलाई पूर्ण रूपमा व्यावसायिक बनाउने दायित्व तपाईंहरूको हो।” उनले कानुन कार्यान्वयनमा शिष्टता र मानवताको पालन गर्नु पर्नेमा जोड दिँदै भने, “तपाईंको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच हो।”

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com