काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय बनाउन प्रहरीको भूमिका अझ प्रभावकारी बनाउनु पर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा उनले प्रहरीलाई यसको लागि स्पष्ट निर्देशन दिएका हुन्।

अर्यालले भने, आगामी फागुन २१ गतेको निर्वाचन लोकतन्त्रको महत्वपूर्ण परीक्षा हो। नेपाल प्रहरीले विगतमा देखाएको व्यवसायिक दक्षता झैं यस निर्वाचनमा पनि प्रमाणित गर्नेछ।

advertisement

उनले थपे, गृह मन्त्रालयको स्पष्ट निर्देशन छ– नेपाल प्रहरी पूर्णरूपमा तटस्थ, व्यवसायिक र कानूनअनुसार मात्र परिचालित हुनेछ। कुनै पनि तत्वले नेपाल प्रहरीलेको निष्पक्षतालाई कमजोर पार्न पाउने छैन।”

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com