काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा निस्किने भएका छन् । उनको खुट्टामा लागेको चोट बिस्तारै निको हुन थालेपछि उनी सार्वजनिक हुन लागेका हुन् ।
निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवार रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग यही ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो ।
चोट लागे पनि रविले त्यसलाई वास्ता नगरीकन आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका थिए । तर सङ्क्रमण बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालबाट १५ गते नै डिस्चार्ज भए पनि रवि केही दिनसम्म चिकित्सकको सल्लाहअनुसार घरमै रेस्ट गरेको र मंगलबारबाट सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेको उपसभापति डिपी अर्यालको भनाइ छ । अर्यालका अनुसार भोलिबाट चितवनतिर निस्कने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया