काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबारदेखि पुनः सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। खुट्टामा लागेको चोट क्रमशः निको हुँदै गएपछि उनी सार्वजनिक गतिविधिमा फर्किन लागेका हुन्।

निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग यही ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो। चोट लागेपछि पनि उनले आफ्ना राजनीतिक गतिविधि निरन्तर जारी राखेका थिए। तर घाउमा सङ्क्रमण बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

advertisement

लामिछाने १५ गते अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गरेका थिए। आजदेखि उनी पुनः सार्वजनिक कार्यक्रममा देखिने भएका छन्। पार्टीका उपसभापति डिपी अर्यालका अनुसार आज उनी चितवनतर्फ जाने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com