काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा तोकिएको छ।

advertisement

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०५ पैसा र बिक्रीदर २१ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३९ रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा कायम गरिएको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३१ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २० पैसा तथा ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८१ रुपैयाँ १४ पैसा रहेको छ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

केन्द्रीय बैंकले आवश्यकतानुसार यी विनिमयदर जुनसुकै समयमा पनि संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमार्फत उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com