काठमाडौं।एमाले अध्यक्ष केपी शर्मा ओली अहिले निकै नै आत्तिएका छन्। उनलाई चुनाव जित्छु भन्ने लागेकै छैन। अझ आफ्नो प्रतिद्वन्द्वी काठमाडाैं महानगरपालिकाका पूर्व मेयर बालेन शाहसँग हुँदा झनै आत्तिएका हुन्
बालेन शाह मेचीदेखि महाकालीसम्मको भ्रमणमा व्यस्त छन्। जहाँ पुगे पनि उनको लोकप्रियता र समर्थन उच्च देखिएको छ। यसले ओलीलाई मतदाताको मन जित्ने चुनौती थपेको छ भने सुरक्षा पनि सघन बनाएको छ। स्रोतका अनुसार, बालेनको व्यापक समर्थनले केही ठाउँमा ओलीमाथि प्रत्यक्ष आक्रोश वा विरोध हुने सम्भावना रहेको छ।
ओलीमाथि राजनीतिक दबाबको अर्को कारण भनेको भदौ २४ को जेन–जी आन्दोलन हो, जसमा ७६ जनाको मृत्यु भएको थियो। यस घटनापछि ओलीले जिम्मेवारी स्वीकार नगरेको र आन्दोलनका प्रमुख खलनायकको रूपमा प्रचार भइरहेको छ।
हाल ओली गठबन्धनका लागि आन्तरिक छलफलमा जुटेका छन्। स्रोतका अनुसार उनी र गगनबीच पनि रणनीतिक छलफल भएको छ। तर बालेन शाहको लोकप्रियता र क्रेजको कारण ओली आन्तरिक रूपमा दबाब महसुस गरिरहेका छन्।
विशेषज्ञहरू भन्छन् कि जेन–जी आन्दोलनपछि ओली र देउवा दुवैको राजनीतिक छवि कमजोर भएको छ। भ्रष्टाचार र आलोचनाले ओलीको चुनावी अभियानमा चुनौती थपेको छ।
स्रोतका अनुसार, ओली आफ्नै कार्यकर्तासँग पनि कमजोरी महसुस गरिरहेका छन् र चुनावी तयारीका क्रममा तनाव बढ्दै गएको छ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार













प्रतिक्रिया