काठमाडौं । इरानमा जारी सरकारविरुद्धका प्रदर्शनका क्रममा इरानी सुरक्षाकर्मीले देशको मध्य भागबाट १३९ जना विदेशी नागरिकलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानको तस्निम समाचार एजेन्सीका अनुसार याजद सहरका प्रहरी प्रमुख अहमद नेगाहबानले पक्राउ परेका व्यक्तिहरू विरोध प्रदर्शन आयोजना गर्ने, उक्साउने तथा निर्देशन दिने गतिविधिमा संलग्न रहेको बताएका छन्। उनका अनुसार उनीहरू देशबाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर आपराधिक क्रियाकलापमा संलग्न थिए।

advertisement

पक्राउ परेकाहरूको राष्ट्रियता सार्वजनिक गरिएको छैन। तर प्रदर्शनसम्बन्धी मुद्दाहरूको समीक्षा गर्दा पक्राउ परेकामध्ये १३९ जना विदेशी नागरिक रहेको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

इरानी अधिकारीहरूले प्रदर्शनका क्रममा तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गर्दै अधिकांश पीडित सुरक्षा बलका सदस्य र निर्दोष दर्शक रहेको दाबी गरेका छन्। सरकारले हिंसात्मक घटनाहरूलाई ‘आतङ्कवादी गतिविधि’को संज्ञा दिएको छ।

यद्यपि अमेरिकामा आधारित गैरसरकारी संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ले भने हालसम्म ६ हजार ८५४ जनाको मृत्यु भएको पुष्टि गरेको दाबी गरेको छ। उक्त संस्थाका अनुसार मृतकमध्ये अधिकांश प्रदर्शनकारीहरू सुरक्षा बलको कारबाहीमा परेका हुन्। अन्य मानवअधिकार समूहहरूले वास्तविक मृतक सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी दिएका छन्।

इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले हिंसा भड्काएको आरोप लगाउँदै प्रारम्भिक रूपमा शान्तिपूर्ण रहेका र्‍यालीहरू पछि हिंसात्मक बनेको बताएका छन्।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com