काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको जनाइएको छ।
त्यसैगरी बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनामा संशोधन गर्ने प्रस्तावलाई पनि स्वीकृत दिएको छ।
सरकारको यो कदमले सामाजिक सञ्जाल नियमन विधेयक सम्बन्धी सार्वजनिक र राजनीतिक बहसलाई सन्तुलित ढंगले अघि बढाउने प्रयासको संकेत दिने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार













प्रतिक्रिया