काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन भोलिदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालित हुने भएका छन्।
सरकारले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग परिचालन हुँदैछन्। निर्वाचन फागुन २१ गते हुँदैछ।
एकीकृत योजनाअनुसार मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ। सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
नेपाली सेनाले मतपत्र छपाइ र ढुवानी, मतदानस्थल र मतगणनास्थलको सुरक्षा तथा विमानस्थल र कारागारजस्ता संवेदनशील संरचनाको सुरक्षा जिम्मेवारी सम्हाल्नेछ।
निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ रहेको निर्वाचन आयोगले जनाएको छ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको छ।

advertisement

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com