काठमाडौं । झापाका युवा नेता अर्जुन मैनालीले नेकपा एमालेबाट अलग भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको घोषणा गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत मैनालीले रास्वपाका वरिष्ठ नेता बालेन शाहसँगको फोटोसहित आफ्नो पार्टी परिवर्तनको जानकारी गराएका हुन्।

advertisement

उनी भन्छन्, “आज २०८२ साल १० महिना २० गतेदेखि म नेकपा एमाले छोडेको स्पष्ट पार्दै रास्वपा पार्टीमा आबद्ध भएको जानकारी सबैमा दिन चाहन्छु। एमालेमा रहँदा साथ दिने नेता, साथी र शुभचिन्तक सबैप्रति म आभारी छु।”

मैनाली यसअघि बिर्तामोड उद्योग बाणिज्य संघको महासचिवमा एमाले प्यानलबाट निर्वाचित भएका थिए र पछि अध्यक्ष पदको उम्मेदवार बनेर पराजित भएका थिए।

यस कदमसँगै झापामा युवा नेताहरुको राजनीतिक सक्रियता र पार्टी गतिशीलतामा थप चासो देखिएको छ।
यसअघि एमाले युवा संघका दमक अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ रास्वपा प्रवेश गरेका थिए।

सोमबार झापा पुगेका बालेन पार्टीमा युवाहरूलाई जोड्ने अभियानमा छन्। झापा ५ बाट चुनावी प्रतिस्पर्धामा रहेका बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुन्।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com