काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको असरले बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा चिसो बढ्न सक्ने देखिएको छ। यसले दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य तथा हवाई र सडक यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार












प्रतिक्रिया