काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँबाट वैदेशिक रोजगारी र बैंकिङ सम्बन्धी कसुरको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कोलाई कागेश्वरी–मनोहरा नगरपालिका बाट पक्राउ गरेको हो।

advertisement

बैंकिङ कसुरको मुद्दामा फरार ३८ वर्षीया पुन्यवती जोशी, जो चन्द्रागिरि नगरपालिका–७ हसनटारकी बासिन्दा र नुवाकोट, विदुर नगरपालिका–३ घर भएकी छन्, आज पक्राउ परेकी छन्। कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार, उनलाई उच्च अदालत पाटन, ललितपुरले २०८० वैशाख १० गतेको फैसलाले रु ५ लाख जरिवाना र रु २० हजार पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको थियो।

उनलाई दुई दिन कैद सजायको फैसला भएपछि फरार भइ सकेकी थिइन्। मंगलबार टेकुबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरि नगरपालिका–७ हसनटारबाट पक्राउ गरेको हो।

त्यसैगरी, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर जर्जियामा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५२ वर्षीय पूर्णबहादुर वाइबा, जो कागेश्वरी–मनोहरा नगरपालिका–६ का बासिन्दा र काभ्रे, महाभारत गाउँपालिका–६ घर भएका छन्, पक्राउ परेका छन्।

सूचना अधिकारी कार्कीका अनुसार, पूर्णबहादुरले जर्जियामा पठाउने प्रलोभनमा एक पीडितबाट रु ६ लाख ५० हजार लिएर सम्पर्कविहीन भएको उजुरीपछि प्रहरीले उनको खोजी गरेको थियो।

जोशीलाई फैसला कार्यान्वयनको लागि अदालत पठाइएको छ भने, पूर्णबहादुरलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल, काठमाडौँ पठाइएको छ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com