काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसद पुनर्स्थापनाको आशामा हिउँ परेको टिप्पणी गर्दै व्यंग्य गरेका छन्। प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचनपछि धकेलिएको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सर्वोच्च अदालतले फागुन २१ गते हुने निर्वाचनपछि मात्रै सुनुवाइ गर्ने निर्णय गरेको छ।
यस निर्णयपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बास्कोटाले लेखेका छन्, “सर्वोच्चले संसद पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ। अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ।
उनले गठबन्धनले जनताको मन जित्न कठिन हुने दाबीसमेत गरेका छन्।
गठबन्धनले जनताको मनबन्धन भत्काउन सजिलो छैन,” उनले उल्लेख गरेका छन्।
बास्कोटाले अन्त्यमा थप व्यंग्य गर्दै लेखेका छन्, “अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार













प्रतिक्रिया