काठमाडौं । सिरहामा नेकपा (एमाले) का प्रदेश कमिटीदेखि वडा कमिटीसम्मका विभिन्न तहका नेताहरूले पार्टी परित्याग गरेका छन्। १२ जना नेताले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।
गोलबजारमा आयोजित कार्यक्रममा पार्टी त्यागको घोषणा गर्दै उनीहरूले पार्टी नेतृत्वमा स्वेच्छाचारी व्यवहार र एकल निर्णय प्रक्रिया हाबी भएको आरोप लगाए। संगठनभित्रै रहेर सुधारको प्रयास गरे पनि नेतृत्वले गम्भीरतापूर्वक नलिएको, इमानदार कार्यकर्तालाई पन्छाउने र आलोचनालाई दबाउने प्रवृत्ति बढेको उनीहरूको आरोप छ।
एमाले परित्याग गर्ने नेताहरू (सिरहा):
- पुष्पलाल पाख्रिन -प्रदेश कमिटी सदस्य
- माधवबहादुर बुढाथोकी -पूर्व जिल्ला कमिटी सदस्य
- भीमबहादुर थापा -बुद्धिजीवी तथा शिक्षक जनसंगठन प्रदेश सदस्य
- धनराज यादव – पूर्व जिल्ला कमिटी सदस्य
- तुलसीप्रसाद उपाध्याय – जिल्ला कमिटी सदस्य
- प्रमोदकुमार लामा – जिल्ला कमिटी सदस्य
- तेजकुमार लामा – पूर्व जिल्ला कमिटी सदस्य
- राजकरण साह – पूर्व वडा कमिटी अध्यक्ष
- रन्जितकुमार लामा – नगर कमिटी सचिवालय सदस्य
- ताराबहादुर तामाङ – नगर कमिटी सदस्य
- किरणकुमार स्याङ्वा – नगर कमिटी सदस्य
- राजकुमार महतो – नगर कमिटी सदस्य
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार












प्रतिक्रिया