काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन दुई चरणमा नभई एकै चरणमा गर्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै दाहालले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने माग गरे। प्रधानमन्त्री सुशीला कार्कीले सकेसम्म एकै चरणमा निर्वाचन गर्ने र कतिपय स्थानमा सम्भव नभए अर्को चरणमा मतदान गराउन सकिने अभिव्यक्ति दिएको सन्दर्भमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
दाहालले यो पटकको निर्वाचन सामान्य प्रक्रिया नभई असाधारण परिस्थितिमा हुन लागेको उल्लेख गर्दै सरकारलाई एकै चरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिए।
“चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्। निर्वाचन निष्पक्ष हुने वातावरण सुनिश्चित गरियोस्,” उनले भने, “यो निर्वाचन सामान्य होइन, असाधारण परिस्थितिमा हुन लागेको हो। यसलाई राष्ट्र र जनताको हितमा सही ढंगले सम्पन्न गर्नुपर्छ।
उनले यसपटकको निर्वाचनमा नेकपा सबैभन्दा ठूलो दल बन्ने दाबीसमेत गरे। तर निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार













प्रतिक्रिया