काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भोलि आफ्नो निर्वाचन क्षेत्र चितवन जाने भएका छन् । उनको खुट्टाको घाउ भने राम्रोसित बिसेक भइसकेको छैन ।
लामिछानेले हिजो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आज (बुधबार) देखि सार्वजनिक जीवनमा फर्किने बताएका थिए । पार्टी स्रोतका अनुसार उनी भोली बिहान चितवन प्रस्थान गर्ने तय भएको छ । रवि चितवनको क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले सोमबार नै चितवन जान खोजेको भए पनि चिकित्सकले रोकेका थिए ।
रविलाई खुट्टाको घाउले अझै दुःख दिइरहेको छ । उनी सहजरुपमा हिँडडुल गर्न सकेका छैनन् । चितवन गएर पनि तत्काल घरदैलो हिँड्ने स्थिति नरहेको पार्टी स्रोतले बतायो । उनले अहिले आफू बसेकै स्थानमा राजनीतिक भेटघाटहरू गर्ने छन् ।
फागुनमा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह देश दौडामा हिँड्ने तय भइसकेको छ ।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार













प्रतिक्रिया